बालअधिकार सुनिश्चित गर्न सरकार संवेदनशिल छः मन्त्री सुडी


२९ भाद्र २०८१, शनिबार १४:२१ मा प्रकाशित

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले बालअधिकार सुनिश्चित गर्नका लागि सरकार संवेदनशिल रहेको बताउनुभएको छ ।


राष्ट्रिय बाल दिवस २०८१ मुल समारोहलाई काठमाडौंमा शनिवार सम्बोधन गर्दै उहाँले यस्तो बतानुभएको हो । उहाँले बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका लगानी र बालबालिकाको क्षेत्रका विभिन्न सवालहरुलाई सम्बोधन गर्न चालु आर्थिक वर्षमा संघ, प्रदेश र स्थानीय सरकारले लिएको नीति र बजेट व्यवस्थापन गरिएको बताउनु भयो ।

उहाँले नेपाल सरकारले बालबालिका सम्बन्धी विभिन्न कानून, नीति, योजना तथा कार्यक्रममार्फत बालबालिकाको संरक्षण, सुरक्षा, शिक्षा, स्वास्थ्य लगायतका विषयमा लगानी गर्दै आएको भएपनि आवश्यक लगानी गर्न नसकेको बताउनु भयो ।

उहाँले बालबालिकाको सुरक्षाका लागि थप लगानी गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले बालबालिकाका संरक्षणका सवालमा नयाँ प्रकारका समस्या र चुनौतिहरुको सामना गरिरहेको बताउनु भयो । उहाँले बालबालिकाप्रतिको हिंसा, बाल यौन दुव्र्यवहार, बालश्रम, बालविवाह र लैंगिक विभेद जस्ता अन्य असमानताका समस्याले बालबालिकाको उज्वल भविष्यमा नकारात्मक असर परेको बताउनु भयो ।  


मन्त्री सुडीले विशेष संरक्षणको आवश्यकता रहेका बालबालिकाहरुको लागि सरकारले पर्याप्त श्रोत र साधन परिचालन गर्दै गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा सुनिश्चित गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले बालबालिकाहरुको अधिकार सुरक्षित र सुनिश्चित गर्न लगानीको आवश्यकता रहेको उल्लेख गर्नुभयो । यस वर्ष ‘बालबालिकामा लगानीःसुनिश्चित भविष्यको थालनी’ भन्ने नारासहित बाल दिवस मनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here