उपसभामुखलाई पदबाट हटाउन सम्भव छैनः पूर्वसभामुख सापकोटा


२८ भाद्र २०८१, शुक्रबार १६:५२ मा प्रकाशित

काठमाडौं । पूर्वसभामुख तथा नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन सम्भव नहुने बताउनुभएको छ ।


शुक्रवार न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै पूर्वसभामुख सापकोटाले राजनीतिक उद्देश्यबाट प्रेरित भएर उपसभामुख रानालाई हटाउन खोजिएको बताउनु भयो । उहाँले सत्तारुढ दलहरुले राजनीतिक कारण उपसभामुखलाई हटाउने कुरा उठाएको भन्दै उपसभामुखलाई हटाउन सम्भव नभएको बताउनु भयो ।

उहाँले सरकार संवैधानिक परिषद्मा अल्पमतमा परेका कारण उपसभामुखलाई हटाउने कुरा उठाइएको बताउनु भयो । उहाँले संवैधानिक परिषद्मा गरिने निर्णयलाई सहज बनाउनका लागि सो एजेण्डा उठाइएको बताउनु भयो । पूर्वसभामुख सापकोटाले सभामुख र उपसभामुखले संसदको गरिमा र ओझ राख्नुपर्ने बताउनु भयो ।

उहाँले सभामुख र उपसभामुखले संसदको गरिमामा आँच आउने काम गर्नु नहुने बताउनु भयो । पूर्वसभामुख सापकोटाले सभामुख र उपसभामुखले संसदको गरिमा र ओझ राख्नुपर्ने बताउनु भयो । उहाँले सभामुख र उपसभामुखले संसदको गरिमामा आँच आउने काम गर्नु नहुने बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here