कर प्रशासनमा उल्लेखनिय सुधार हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन


२८ भाद्र २०८१, शुक्रबार ११:५७ मा प्रकाशित

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर प्रशासनमा उल्लेखनिय सुधार हुनेगरी काम गर्न निर्देशन दिनुभएको छ । शुक्रवार लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागको स्थलगत अवलोकनका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले कोही पनि सरुवा, बढुवा वा अरु कुनै प्रयोजनका निम्ति मन्त्रीलाई भेट्न नआउन पनि आग्रह गर्नुभयो । उहाँले आफ्नो रुची र चासो कर प्रशासनमा उल्लेखनिय सुधार र लक्ष्य पूरा गर्नेमा केन्द्रित रहेको बताउनु भयो ।

उहाँले सरकारले लिएको राजश्व उठाउनका लागि आवश्यक सहयोग के चाहिन्छ सरकारसँग माग्न पनि आग्रह गर्नुभयो । उहाँले आन्तरिक राजश्व रणनीति कार्यान्वयनका लागि जोड दिनुभयो ।

 उपप्रधानमन्त्री पौडेलले आन्तरिक श्रोत परिचालनलाई प्रभावकारी बनाउन कर प्रणालीलाई आधुनिकीकरण गर्ने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने काममा लाग्नुपर्ने बताउनु भयो । उहाँले लक्षित राजश्व लक्ष्य सम्पूर्ण रुपमा पूरा गर्न पनि निर्देशन दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here