टर्की प्रहरीद्वारा लागुऔषध ओसारपसारमा संलग्न ३१६ जना पक्राउ


२८ भाद्र २०८१, शुक्रबार ११:५५ मा प्रकाशित

टर्कीका प्रहरीले ५० प्रान्तमा लागुऔषध ओसारपसार विरोधी अभियानमा ३१६ संदिग्धलाई पक्राउ गरेको आन्तरिक मन्त्री अली येर्लिकायाले बताउनुभएको छ ।

प्रहरीले एकैसाथ कारबाहीमा ५८० केजी लागुऔषध र १ लाख २१ हजार ९७० चक्की बरामद गरेको यर्लिकायाले बताउनु भयो ।

टर्कीका मन्त्रीका अनुसार ‘नार्कोसेलिक–३८’ नाम दिइएको उक्त अभियानमा कूल ७९० प्रहरी टोली, १९१० कर्मचारी, १४ हवाई सवारी साधन र १७ वटा लागुऔषध डिटेक्टर कुकुर थिए । सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here