निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकारबारे समिति स्पष्ट होस्ः गृहमन्त्री


२७ भाद्र २०८१, बिहीबार १४:११ मा प्रकाशित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकारबारे समिति स्पष्ट हुनुपर्ने बताउनुभएको छ । बिहीवार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकार जाने की नजाने ? जाने हो भने कतिसम्म जाने ? भन्नेकुरामा समिति स्पष्ट हुन जरुरी रहेको बताउनुभएको हो ।

उहाँले अख्तियार निजी क्षेत्रमा जानु हुँदैन भन्नेमा आम सहमति देखिएको बताउनु भयो । सरकारी पैसा निजीमा गएको छ भने हेर्नुपर्ने भन्नेमा पनि सांसदहरु सहमत देखिएको उहाँको भनाइ छ । गृहमन्त्री लेखकले सरकारी पैसा निजीमा गएको भए कस्तो गएको ? ऋण गएको की, अनुदान गएको हो की ? जाने प्रक्रियालाई समात्ने हो की ? सरकारी पैसा गएको बारेमा अनुसन्धान गर्ने भन्नेकुरामा समिति स्पष्ट हुनुपर्ने बताउनु भ्इो ।

कुनै निजी कम्पनीमा सरकारी पैसा गयो भने सरकारी पैसा गएको हेर्न पाउने की ? समग्र कम्पनीको पैसा हेर्न पाउने भन्नेमा पनि सांसदहरुले विस्तृत छलफल गरी निचोडमा पुग्नुपर्ने बताउनु भयो । समितिको बैठकमा समिति सभापति रामहरि खतिवडाले निजी क्षेत्र अख्तियारमा प्रवेश गर्न दिने वा नदिने भन्नेबारे संसदीय उपसमितिले निर्णय गरी समितिमा पेश गर्न आग्रह गर्नुभयो । उपसमितिमा हृदराम थानी, बुद्धिमान तामाङ, रघुजी पन्त, हितराज पाण्डे, अशोक राई, राजेन्द्र पाण्डे, चन्दा कार्की र सर्वेन्द्रनाथ शुक्ला रहनुभएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here