बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले नीति, बजेट तथा कार्यक्रम पुस्तिका सार्वजनिक गरेको छ ।


२७ भाद्र २०८१, बिहीबार १२:१८ मा प्रकाशित

बुधवार नगरको सभाहलमा आर्थिक बर्ष २०८१/०८२ को नीति, बजेट तथा कार्यक्रम पुस्तिका सार्वजनिक गरिएको हो ।

कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले संयुक्त रुपमा पुस्तिका सार्वजनिक गरेका हुन् ।
बिर्तामोडले यसअघि नै आर्थिक बर्ष २०८१/०८२ का लागि नगरका सवै क्षेत्रलाई समेटेर एक अर्व, ३९ करोड ९६ लाख ९१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।

नगरको शिक्षा, स्वास्थ्य, बाटो, कृषि, भौतिक संरचनालगायतका क्षेत्रलगायतलाई समेटेर उक्त बजेट सार्वजनिक गरेको थियो ।

नगर उप–प्रमुख संग्रौलाले अर्जुनधारा नगर, बुद्धशान्ति गाउँपालिका र बिर्तामोड नगरलाई समेटेर उपमहानगरपालिका बनाउनु पर्नेमा जोड दिए । उनले तीन वटा पालिकालाई एउटै विकासको गति दिन पनि उप–महानगरपालिका बनाउन आवश्यक रहेको बताए । कार्यक्रममा बिर्तामोड–१ का वडाध्यक्ष तथा नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेलगायतले बोलेका थिए ।

नगर प्रमुख प्रसाईको अध्यक्षतामा भएको कार्यक्रमको औचित्यसहित नगर उप–प्रमुख संग्रौलाले स्वागत गरेका थिए भने नगरका शाखा अधिकृत मेघराज बास्तोलाले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा नगरका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here