वेस्ट बैंकमा ट्रकको ठक्करबाट इजरायली सैनिकको मृत्यु


२७ भाद्र २०८१, बिहीबार ११:३० मा प्रकाशित

वेस्ट बैंकमा एक प्यालेस्टिनी व्यक्तिले चलाएको सेमी–ट्रेलर ट्रकले ठक्कर दिँदा एक इजरायली सैनिकको मृत्यु भएको इजरायली सेनाले बताएको छ ।

मध्य वेस्ट बैंकको रामल्लाह शहर नजिकैको राफत शहरबाट इन्धन ट्रक रामल्लाह नजिकैको इजरायली बस्ती गिभाट असाफ बाहिर तैनाथ सैनिकहरूतर्फ तिब्र गतिमा आएको थियो । जसले ठक्कर दिँदा एक सैनिकको मृत्यु भएको हो ।

इजरायली सेनाका अनुसार गेरी गिडियोन हङ्गल नामका २४ वर्षीय सिपाही मारिएका हुन् । वेस्ट बैंकमा इजरायलको निरन्तर आक्रमण र गाजामा ११ महिना भन्दा बढी इजरायली–प्यालेस्टाइन द्वन्द्वको बीचमा भएको घटनाको लागि अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here