काठमाडौं उपत्यका विकास प्राधिकरणको पुनर्संरचना गरिनेछः उपप्रधानमन्त्री सिंह


२५ भाद्र २०८१, मंगलवार १८:०५ मा प्रकाशित

काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यका विकास प्राधिकरणको संस्थागत पुनर्संरचना गरिने बताउनुभएको छ ।


मंगलवार प्रतिनिधि सभा बैठकमा सांसद प्रेम सुवालले राख्नुभएको जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले प्राधिकरणको भूमिकालाई स्पष्ट बनाउन पनि सरकारले त्यसको संस्थागत पुनर्संरचना गर्न चाहेको पनि स्पष्ट पार्नुभयो ।

उपप्रधानमन्त्री सिंहले सो प्राधिकरणबाट अनुमति नलिई काठमाडौं उपत्यकाको जग्गा खण्डीकरण गर्नेहरुलाई सरकारले कारबाही गर्ने पनि चेतावनी समेत दिनुभयो । उहाँले काठमाडौं उपत्यकाको शहरी विकास योजनालाई प्रभावकारी बनाउन बस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धि आधारभूत निर्माण मापदण्ड, २०७२ र योजना अनुमति मापदण्ड, २०६२ अनुसार काम भइरहेको पनि बताउनु भयो । 

उपप्रधानमन्त्री सिंहले सहकारी विकास ऐन तर्जुमा गर्ने कार्यलाई पनि सरकारले चालु आर्थिक वर्ष भित्र सम्पन्न गर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here