जनप्रतिनिधिलाई धम्क्याएर चन्दा असुल गर्ने २ जना पक्राउ


७ श्रावण २०७६, मंगलवार १३:५० मा प्रकाशित

बेनी । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई धम्की दिएर चन्दा असुल गर्ने २ जना पक्राउ परेका छन् ।

एनसेलको टावरमा आगजनी गर्ने तथा जनप्रतिनिधिसमेतलाई धम्क्याएर चन्दा असुली गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुकुम घर भएका ४२ वर्षी कमान सिंह नकाल क्षेत्र र बाग्लुङ घर भएका ४४ वर्षीय बाबुलाव शक्य रहेका जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।

उनीहरुलाई बाग्लुङको बेनी नगरपालिका–३ भकिम्ली नयाँपुलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here