राजदुत नियुक्तिलाई समावेशी बनाउने परराष्ट्रमन्त्रीको प्रतिवद्धता


२४ भाद्र २०८१, सोमबार १३:०६ मा प्रकाशित

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजदुत नियुक्तिलाई समावेशी बनाइने प्रतिवद्धता जनाउनुभएको छ । सोमवारको संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

समितिको बैठकमा सांसदहरुले सरकारले विभिन्न १७ देशका लागि गरेको राजदुत नियुक्ति समावेशी नभएको प्रश्न उठाएपछि मन्त्री राणाले आगामी दिनमा समावेशी बनाउने गरी सरकारले सिफारिस गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले आफूले पनि हुनुपर्ने जति समावेशी र समानुपातिक नभएको महशुस गरेको बताउनु भयो ।

उहाँले सरकारले गरेका कामहरुमा समितिले सुझाव दिएपछि नै सरकारले सच्चिने अवसर पाउने बताउनु भयो । उहाँले राजदुत सिफारिसका लागि आफूले मुस्लिम र दलित समुदायको प्रतिनिधित्व खोजेको भएपनि सोअनुसार नपाएको बताउनु भयो ।

उहाँले कुनैपनि ठाउँमा निर्णायक पदमा महिलाका लागि निश्चित सीमा तोक्नुपर्ने बताउनु भयो । निश्चित सहभागिता गराउनैपर्ने बाध्यकारी कानून बनाउनुपर्ने सुझाव दिनुभयो । उहाँले राजदुत सिफारिसमा सरकार गम्भीर रहेको बताउनु भयो । आगामी दिनमा समावेशी र समानुपातिकतालाई मध्यनजर गर्ने बताउनु भयो । मन्त्री राणाले हरेक सरकारी प्रतिनिधिमण्डलमा एक भन्दा धेरै हुने बित्तिकै एक जना महिलाको उपस्थिति अनिवार्य राख्नैपर्ने निर्णय मन्त्रीपरिषद्को बैठकले गरेको पनि बताउनु भयो । 

मन्त्री राणाले देशमा असमानता, असमावेशिताहरु कायम रहेको भन्दै यसलाई हटाएर लैजान सरकार प्रतिवद्ध रहेको बताउनु भयो । नेपालको कुटनीति समय सापेक्ष बनाउन पहल गरिरहेको पनि बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here