वडाअध्यक्षको निधनमा फिदिम नगरपालिकामा एक दिन शोक विदा


७ श्रावण २०७६, मंगलवार १२:३७ मा प्रकाशित

पाँचथर । फिदिम नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष हर्क बहादुर मोक्तानको निधन भएको प्रति नगरपालिकाले आज एक दिन शोक विदा दिएको छ ।

नगरपालिका स्तरीय निर्णय अनुसार फिदिम नगरपालिकाको कार्यालय, मातहतका वडा कार्यालयहरु, शैक्षिक संस्थाहरु, स्वास्थ्य संस्थामा बिदा दिने निर्णय गरेको नगर प्रमुख ओनाहाङ नेम्बाङ्गले बताए । यस्तै फिदिम नगरपालिकाका १४ वटै वडाहरुमा आज देखि ३ दिन सम्म राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत भएको नगरपालिकाले जनाएको छ । यस्तै हेवाखोलामा १२ः३० बजे गरिने अन्तेष्टी कार्यक्रमा नगर प्रमुख नेम्बाङ्गले निधन भएका वडा अध्यक्ष मोक्तानको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाउने र नगर प्रहरीले सलामी दिने कार्यक्रम तय भएको नगर प्रमुखका स्वकिय सचिव इन्द्र गुरुङले जानकारी दिए ।

वि.स. २००५ साल मंसिर १६ गते जन्मिएका मोक्तानको हिजो बेलुका निजी निवास फिदिम १ बुद्धमार्गमा ७१ वर्षमो उमेरमा निधन भएको थियो । गत एक वर्षदेखि मुटु र प्रेसर रोगबाट मोक्तान थलिएको थियो । मोक्तानका एक छोरा, चार छोरी र श्रीमती छन् । २०७४ सालमा भएको स्थानिय तहको निर्वाचनमा मोक्तानले तत्कालिन नेकपा एमालेका उम्मेद्वार गजाधार भट्टराईलाई ५ मतले हराउँदै वडाअध्यक्षमा निर्वाचित भएका थिए । १२ वर्ष अघि ०६४ सालमा राप्रपा बाट नेपाली काग्रेसमा प्रवेश गरेका मोक्तान राजनितीमा सक्रिय थिए । ०५४ सालको स्थानियत निर्वाचनमा पनि एमालकै उम्मेद्वार भट्टराईलाई ६ मतले पराजित गर्दे वडाअध्यक्ष भएका थिए । काग्रेसको १२ औ अधिवेशनमा फिदिम नगरको कार्यबहाक सभापति र १३ औ अधिवेशन बाट उनी नगरको सभापति भएका थिए ।

शालिन ब्यक्तित्व, हक्की स्वाभाव, इमान्दारिता र निष्ठाको राजनिती गर्ने मोक्तानको निधनले काग्रेसमा अपुरणिय क्षति पुर्याएको काग्रेस जिल्ला सचिव रुपनारायण जवेगु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here