काठमाडौंमा इलेक्ट्रिक प्रदर्शनी सम्पन्न, ३० हजार बढीले गरे अवलोकन


२३ भाद्र २०८१, आईतवार १६:३८ मा प्रकाशित


काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित तेस्रो नेपाल पावर, लाईट एण्ड इलेक्ट्रिक अन्तराष्ट्रिय प्रदर्शनी सम्पन्न भएको छ । अपेक्षाअनुसार नै आईतवार सफलतापूर्वक सम्पन्न भएको मेला आयोजक संस्था मिडिया स्पेश सोलुशन प्रा.लि.ले जानकारी दिएको हो ।

करिव २५ देखि ३० हजारले मेला अवलोकन गर्ने गरिएको अपेक्षा पनि पूरा भएको सो संस्थाका प्रवन्ध निर्देशक सिर्जल भट्टराईले जानकारी दिनुभयो । प्रर्दशनीमा नेपाली ग्राहकहरुले आफ्नो इच्छा अनुसारको सामग्री कहाँबाट पाईन्छ भन्ने कुराको पनि जानकारी पाएको बताइएको छ ।

प्रवन्ध निर्देशक भट्टराईले प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको र चौथो संस्करणमा नविकरणीय ऊर्जा र विद्युतीय यातायातका सामग्रीहरुलाई समावेश गर्ने योजना तय गरिएको पनि बताउनु भयो । 


एकै छानामुनि अत्याधुनिक एवं नविनतम प्रविधिका ट्रान्समिसन तथा डिस्ट्रिव्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङहरुबारे जानकारी पाउन मेला महत्वपूर्ण भएको अवलोकन कर्ताहरुले बताएका थिए । प्रदर्शनीमा विभिन्न १५० भन्दा बढी कम्पनीहरुका सामानहरुको बारेमा जानकारी लिन सकिने व्यवस्था गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here