नेवार समाज अमेरिकाको दोस्रो ऐतिहासिक भेटघाट: नेवारी संस्कृति र युवा सहभागिताको महोत्सव


२२ भाद्र २०८१, शनिबार ०५:१० मा प्रकाशित

अमेरिका । अमेरिका नेवार समाजले दोस्रो पटक भेटघाट २०२४ कार्यक्रम ओहायोको क्लीवल्याण्डमा सेप्टेम्बर १ तारिख गणेश प्रधानको सभापतित्वमा सम्पन्न गरेको छ।

कार्यक्रममा रेडियो नेपालका वरिष्ठ बांसुरी वादक सुशिल विश्वकर्मा र अन्य सहयोगीहरूले मौलिक नेवारी बांसुरीको धुनबाट समाजसेवी तथा कार्यक्रम आयोजक भूपति प्रधानले स्वागत मन्तव्यमा एक पुस्तादेखि नयाँ पुस्तासम्म यस कार्यलाई निरन्तरता दिनेमा विश्वास व्यक्त गरे।

कार्यक्रममा नेवारी संस्कृतिको धिमी नृत्यका साथै अमेरिकाका विभिन्न राज्य र क्यानडाबाट पनि युवाहरूले अभिनय, गायन, र नृत्य प्रस्तुत गरेका थिए। नेवार समाज ग्रेटर क्लीवल्याण्डले ६५ वर्षभन्दा माथिका ७० जना जेष्ठ नागरिकहरूलाई सम्मान गरेर नेवारी समुदायका नयाँ पुस्तालाई प्रोत्साहित गरेको थियो।

कार्यक्रममा अमेरिका, क्यानडा, र न्युजिल्यान्डका नेवारीहरूको बाक्लो उपस्थिति रहेको थियो। बालबालिका देखि जेष्ठ नागरिकहरूले नेवारी पोशाकमा आएर कला, साहित्य, र सांस्कृतिक पहिचान देखाएका थिए, जसप्रति प्रचारप्रसार संयोजक कमल प्रधानले खुशी व्यक्त गरे।

नेवार समुदायको नेतृत्व गर्दै आएका किशोर प्रधानले सबैलाई धन्यवाद दिँदै “अब नेवार जातिहरूको एकतामा बल छ, र यसलाई निरन्तर अघि बढाउन युवाहरूको महत्वपूर्ण भूमिका रहनुपर्ने” भन्दै नयाँ समितिका लागि स्वेच्छाले सहभागिता दिन आग्रह गरे।

यसैक्रममा सात केन्द्रीय समितिलाई आयोजकले कदरपत्रबाट सम्मान गरेको थियो। कार्यक्रमलाइ सम्बोधन गर्दै अर्जुन प्रधानले नेवार जातिहरूको विकाश र भाषा, साहित्य प्रतिको अभियास सम्बन्धि कार्य-पत्र पेश गरेका थिए ।

कार्यक्रममा साहित्यमा निरन्तर योगदान पुर्याएकोमा साहित्यकार लिला निशा प्रधान (सुब्बा), नर प्रधानद्वारा  निर्देशित नेपाली कथानक चलचित्र “यो मन त मेरो नेपाली हो” मार्फत पहिलो डेब्यु गरेकी नेवारी भाञ्जी आयुषा समाल, र नेपाली चलचित्रकी सफल नायिका मेलिना मान्धरलाई सम्मान गरिएको थियो।

त्यस्तै, गीत-संगीतमा भक्त प्रधान, ललिता प्रधान र गायिका मिलन नेवारलाई र कला, साहित्य, र सांस्कृतिक पत्रकारिता तथा समाजसेवामा योगदान पुर्याएकोमा अर्जुन प्रधानलाई कदरपत्र र खादा ओढाएर सम्मान गरिएको थियो।

पत्रकार अर्जुन प्रधानलाई सम्मान गरिँदै

कार्यक्रममा नेवारीहरूमा साझा लक्ष्यहरू प्राप्त गर्न र चुनौतीहरू पार गर्नमा नेवारी युवाहरूको भूमिका र योगदानका विषयमा महत्त्वपूर्ण मन्तव्यहरू अंकित प्रधान, एन्जल प्रधान, मैसमि प्रधान ,हिरण प्रधान, अकाश प्रधान, सन्तोश प्रधान, जेम्स प्रधानले  राखेका थिए।

शिक्षा, कला, खेलकुदमा उत्कृष्ट स्थानमा रहेका युवाहरूलाई युवा संयोजक द्रौपदी प्रधान र लाल प्रधानका साथ विशेष अतिथिहरूले सम्मान गरेका थिए ।

कार्यक्रमको सञ्चालन नेवार समाज ग्रेटर क्लीवल्याण्डका सचिव भक्त प्रधान र कमल प्रधानले गरेका थिए। कार्यक्रममा स्थानीय कलाकारहरूको प्रस्तुति र नेपाली संगीतकी बहुप्रतिभाशाली गायिका मिलन नेवारलाई मञ्चमा सम्मान गरिनुका साथै उनले आफ्ना चर्चित गीत गाएर सबैलाई नचाइन्। मिलनले नेवारी पोशाकमा सजिएर मञ्चबाट आफ्नो अनुभव र युवाहरूलाई गीत-संगीतमा लाग्न प्रेरणा दिएकी थिइन्।

साथमा, नेवारी कलाकारहरू कृष्ण प्रधान , ललिता प्रधान , जिबन प्रधान, लाल प्रधान र भक्त प्रधानले आफ्नो कलाबाट सबैलाइ मनोरञ्जिन दिलाएका थिए ।

यसरी, नेवार समाज अमेरिकाको दोस्रो भेटघाट कार्यक्रमले नेवारी समुदायको एकता र सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाएको सांस्कृतिक संयोजक नारायण प्रधानले जानकारी गराउनु भयो र सबै सहयोगी दाताहरुलाइ मायाको चिनो दिइ सम्मान पनि गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here