प्रधानमन्त्री ओली अमेरिका जाने


२१ भाद्र २०८१, शुक्रबार १५:३७ मा प्रकाशित

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका जाने भएका छन्। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली अमेरिकाको न्यूयोर्क जाने भएका हुन्।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको भ्रमण कार्यक्रम स्वीकृत गरिसकेको छ। उनी आगामी असोज ४ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। 

संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउँदै आएको छ। नेपालले राष्ट्रसङ्घको वडापत्रलाई परराष्ट्र नीतिको अभिन्न अङ्ग मान्दै आएको छ।  विश्व शान्तिका लागि नेपालले राष्ट्रसङ्घको छातामुनी रही महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here