इजरायली सेनाद्वारा वेस्ट बैंकमा ६ प्यालेस्टाइनीको हत्या


२१ भाद्र २०८१, शुक्रबार १०:४४ मा प्रकाशित


काठमाडौं । इजरायली सेनाले बिहीवार वेस्ट बैंकको टुबास शहरमा ६ जना प्यालेस्टाइनीको हत्या गरेको प्यालेस्टिनी चिकित्सा र सुरक्षा स्रोतहरूले बताएका छन् ।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले उत्तरपश्चिमी वेस्ट बैंकमा रहेको तुबासमा गाडीलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा पाँच प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ । तुबासको दक्षिणी फरा शिविरमा छैटौं व्यक्तिलाई इजरायली सेनाले गोली हानेर मारेको थियो ।

टुबासका गभर्नर अहमद अल–असादले इजरायली आक्रमणले फारा शिविरमा पूर्वाधार र सेवाहरूमा व्यापक क्षति भएको बताउनु भयो । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले अगस्ट २८ यता वेस्ट बैंकमा इजरायली सैन्य कारबाहीका कारण ३९ प्यालेस्टिनीको मृत्यु भएको र १४५ जना घाइते भएको बताएको छ । मन्त्रालयले अक्टोबर २०२३ मा गाजा द्वन्द शुरु भएदेखि वेस्ट बैंकमा ६९१ प्यालेस्टाइनी मारिएको जनाएको छ । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here