प्रजातन्त्र र गणतन्त्रको रक्षाका लागि काँग्रेस—एमालेबीच कुनै मतभेद छैनः सभापति देउवा


१९ भाद्र २०८१, बुधबार १५:४७ मा प्रकाशित

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बहुदलिय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा काँग्रेस र एमालेबीच मतभेद नरहेको बताउनुभएको छ ।


बुधवार काठमाडौंमा नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रजातन्त्र र गणतन्त्रको रक्षका लागि काँग्रेस र एमोलबीच कुनै मतभेद नरहेकाले पूरा समर्थन रहने बताउनु भयो ।

 उहाँले देशको अवस्था चुनौतिपूर्ण रहेको भन्दै कर्मचारीहरुमा अझ यसको प्रभाव पर्ने बताउनु भयो । उहाँले चुनौतिलाई बुझेर काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले एमाले र काँग्रेस मुख्य प्रतिष्पर्धी राजनीतिक दल भएको उल्लेख गर्दै कतिपय ठाउँमा समस्या भएपनि समस्याको समाधान गर्नु नै आफूहरुको कर्तव्य भएको बताउनु भयो । यसबारेमा कुनै चिन्ता नलिइकन सरकारले गरेका निर्णयहरुको कार्यान्वयन गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अझ बढी स्थायी गराउनुपर्ने बताउनु भयो । सभापति देउवाले निजामति कर्मचारी स्थायी सरकार भएको बताउनु भयो । उहाँले कर्मचारी भइसकेपछि सरकारको निर्णय मान्नुपर्ने बताउनु भयो । सरकारको निर्णय लागू गर्नु कर्मचारीको कर्तव्य भएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here