अधुरा ठूला आयोजनाहरु निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको छः ऊर्जामन्त्री खड्का


१८ भाद्र २०८१, मंगलवार १६:५० मा प्रकाशित


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले अधुरा आयोजनाहरु निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको बताउनुभएको छ । मंगलवार राष्ट्रिय सभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै यस्तो बताउनुभएको हो ।

उहाँले बुढीगण्डकी जलविद्युत आयोजना लगायतका अधुरा आयोजना निर्माण सम्पन्न गर्नेगरी अघि बढेको बताउनु भयो । उहाँले रानी जमरा कुलरीया सिंचाई प्रणाली नेपालको सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा अवस्थित कृषकबाट निर्माण गरी व्यवस्थापन समेत गरिएकोे सबैभन्दा ठूलो सिंचाई प्रणाली भएको बताउनु भयो ।

उहाँले उक्त आयोजनाको वित्तीय प्रगति ७२.३९ प्रतिशत  र  भौतिक प्रगति ७४.३६ प्रतिशत भएको बताउनु भयो ।  उहाँले उक्त आयोजनामा हालसम्मको कुल खर्च २० अर्ब ५ करोड ३० लाख भएको बताउनु भयो । उहाँले  यसमा ४.१७ मेगावट विद्युत पनि उत्पादन भर्खरै सम्पन्न भएको भन्दै सम्पूर्ण आयोजनाको ३८ हजार हेक्टरलाई ३ भागमा विभाजन गरेका काम भइरहेको बताउनु भयो ।

उहाँले पहिलो र दोस्रो विश्व बैंकको लगानीमा २० हजार हेक्टर सिंचाई गर्ने थियो त्यसमा १८ हजार थपिएर ३८ हजार ३ सय सिंचाई गर्ने भनिएको बताउनु भयो । 
उहाँले लामो समयदेखि बुढीगण्डकी जलविद्युत आयोजना कार्यान्वयन गर्न सक्दा थन्किएर बसेको बताउनु भयो ।

उहाँले ४३ अर्ब भन्दा बढी लगानी भएको आयोजना रुग्ण भएर बसेको भन्दै सरकारको अधुरा आयोजनाहरु सम्पन्न गर्ने लक्ष्यमा रहेको बताउनु भयो । उहाँले यो आयोजना बन्दै गर्दा बारा पर्साको सिंचाईको समस्या समाधान हुने बताउनु भयो । उहाँले वर्तमान सरकारका मन्त्रीमण्डलमा कुनै पनि विवाद र प्रश्न नहुने गरेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here