सत्तापक्ष र प्रतिपक्षको भुमिका सूर्य र चन्द्रमाको जस्तो हुनुपर्छः सांसद रिजाल


१८ भाद्र २०८१, मंगलवार १६:४८ मा प्रकाशित

काठमाडौं । नेकपा(एमाले)का सांसद ईश्वरबहादुर रिजालले सत्तापक्ष र प्रतिपक्षले सूर्य र चन्द्रमाको जस्तो भुमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।


मंगलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद रिजालले उज्यालो छरिएको बेलामा चन्द्रमाले प्रकाश दिएजस्तै सत्तापक्षले भुमिका खेल्न नसकेको ठाउँमा प्रतिपक्षले भुमिका खेल्नुपर्ने बताउनुभएको हो । उहाँले प्रतिपक्षले चन्द्रमाको भुमिका निर्वाह नगरी ग्रहणको भुमिका निर्वाह गरेको भन्दै आफू सत्तापक्षमा पुग्दा सोही प्रवृत्ति गलपासो हुने भन्दै दलहरुलाई सचेत गराउनु भयो ।

उहाँले लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्षको भुमिका परिपूरकको हुने बताउनु भयो । सांसद रिजालले समानताको सन्देश दिनका लागि संसदमा ‘संघीय संसदको मुल मन्त्र ः समानुपातिक विकास र जनपक्षिय लोकतन्त्र’ भनेर नारा नै राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here