सांसद झाको प्रश्नः सरकारका प्रवक्ताले प्रहरी प्रमुखको जिब्रो थुतिदिन्छु भन्नु लोकतन्त्र हो ?


१८ भाद्र २०८१, मंगलवार १५:५० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी महानिरीक्षकको जिब्रो थुतिदिनुपर्ने भनेर दिएको अभिव्यक्ति लोकतन्त्रको सिद्धान्त विपरित भएको बताउनुभएको छ ।


मंगलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उहाँले लोकतन्त्रको आधारभुत सिद्धान्तमध्ये एक वाक स्वतन्त्रता भएको बताउनु भयो । उहाँले प्रहरी प्रमुखले आफ्नो सांगठनिक चुनौतिको सम्बन्धमा बोल्दा सरकारका प्रवक्ताले जिब्रो थुतिदिनुपर्ने भनेको भन्दै वाक स्वतन्त्रता र लोकतन्त्र यही हो भनि प्रश्न गर्नुभयो ।

उहाँले आफ्ना मन्त्रिपरिषद्का सदस्यहरुलाई सभ्यता सिकाउन सम्बन्धित दलका नेतालाई आग्रह गर्नुभयो । उहाँले आफूहरुलाई सभ्यता सिकाउनेहरुले आफ्नै नेताहरुलाई सिकाउन आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here