सांसदहरुले उठाएका प्रश्नमा सरकार गम्भीर भएनः सांसद गौतम


१८ भाद्र २०८१, मंगलवार १५:४१ मा प्रकाशित


राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सांसदहरुले उठाएका प्रश्नमा सरकार गम्भीर नबनेको बताउनुभएको छ ।


मंगलवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय सभामा गम्भीरतापूर्वक उठेका विषयहरुका बारेमा सरकारले आवश्यक ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्रीले आफूलाई समय नदिएको भन्दै समय मिलाएर बोलाए छलफल गर्ने बताउनु भयो ।

उहाँले जनता रोइरहेको, बर्बादी भएको कुरा सरकारले नसुनेको बताउनु भयो । सांसद गौतमले सडक दुर्घटना न्युनिकरणका लागि आवश्यक पहल थाल्न आग्रह गर्नुभयो ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here