विभिन्न कार्यक्रम गरी मनाइयो १५९ औं मोती जयन्ती


१७ भाद्र २०८१, सोमबार १७:१६ मा प्रकाशित

काठमाडौं । १५९ औं मोती जयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । सोमवार युवाकवि मोतिराम भट्टको १५९ औं जन्मजयन्ती काठमाडौंसहित देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइएको हो ।

नेपाली शिक्षा परिषद्द्वारा आयोजित कार्यक्रममा युवावर्ष मोती पुरस्कार समेत प्रदान गरिएको छ । यस वर्षको युवावर्ष मोती पुरस्कार युवा, बाल साहित्यकार केदार श्रेष्ठलाई प्रदान गरिएको छ । 


कार्यक्रममा कविहरुले आफ्ना रचनाहरु वाचन गरेर युवाकवि भट्टको स्मरण गरेका थिए । राष्ट्रिय विभूति भट्टको वि.सं. १९२३ भाद्र कृष्ण कुशेऔँशीका दिन जन्मेर वि.सं. १९५३ भाद्र कृष्ण कुुेऔँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो ।

मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याउनुभएको थियो । नेपाली साहित्यको श्रृंगार रसलाई योगदान दिनुभएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here