नेपालको कृषि क्षेत्रको समुन्नतिका लागि काम गर्छुः इजरायलका लागि प्रश्तावित राजदुत पण्डित


१७ भाद्र २०८१, सोमबार १६:४१ मा प्रकाशित

काठमाडौं । इजरायलका लागि प्रश्तावित राजदुत प्राध्यापक धनप्रसाद पण्डितले आफूले कृषि, सूचना प्रविधि र पर्यटन क्षेत्रको विकासमा केन्द्रित भएर काम गर्ने बताउनुभएको छ । सोमवार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

प्रस्तावित राजदुत पण्डितले सबै प्रदेशमा इजरायलसँग सहकार्य गरेर कृषि केन्द्रमार्फत सहकार्यमा काम गर्ने वातावरण निर्माणमा पनि आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सकेसम्म सबै प्रदेशमा इजरायल सरकारको सहकार्यमा कृषि केन्द्र स्थापना गरी नेपालको कृषि क्षेत्रको समुन्नतिमा आफूले काम गर्ने उहाँको भनाई थियो ।

प्रश्तावित राजदुत पण्डितले नेपालले कृषि क्षेत्रलाई समुन्नत बनाउन सके ठूलो उपलब्धि हुने आफूले देखेकाले सोही उद्देश्य पूरा हुने गरी आफूले काम गर्न चाहेको पनि बताउनु भयो । प्रश्तावित राजदुत पण्डितले आफूले इजरायल र हमासबीचको युद्धविराम गराउनका लागि पनि कूटनीतिक पहल गर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here