ईपीजी र सीमाको विषय राजदुत तहमा छलफल गर्ने विषय होइनः भारतका लागि प्रश्तावित राजदुत शर्मा


१६ भाद्र २०८१, आईतवार १८:१२ मा प्रकाशित

काठमाडौं । भारतका लागि प्रश्तावित राजदुत डा. शंकर शर्माले प्रवुद्ध व्यक्तिहरुको समूह (ईपीजी) र सीमाको राजदुत तहमा छलफल गर्ने विषय नभएको बताउनुभएको छ । आईतवार संसदीय सुनुवाईका क्रममा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा भारतका लागि पूर्वराजदुत समेत रहनुभएका उहाँले ईपीजी र सीमाको विषय आफूहरुको लेभलभन्दा माथि गईसकेको टिप्पणी गर्नुभएको हो ।

८ वटा भन्दा उच्चस्तरीय भेटघाट भईसकेकाले ती दुवै विषय राजदुतको लेवलभन्दा धेरै माथि गईसकेको प्रश्तावित राजदुत शर्माको स्पष्टिकरण थियो । उहाँले नेपालले सो ईपीजीको विषयमा अड्केर बस्न नहुने धारणा समेत राख्नु भयो ।

ईपीजी भारतले नबुझेको कुरालाई नेपालले लिईरहे आर्थिक सहकार्यका अरु कामहरु अघि नबढने आफूलाई लागेको पनि प्रस्तावित राजदुत शर्माको बुझाई थियो । उहाँले दुई मुलुकबीचको ईपीजी र सीमा समस्याको विषयमा एकपछि अर्को गर्दै समाधान गर्दै जानुपर्ने बताउनु भयो ।

 प्रश्तावित राजदुत शर्माले आफूले यस अघि भारतको राजदुतको रुपमा रहँदा विद्युत खरिद सम्झौताका लागि बंगलादेशसहितको त्रिदेशीय विद्युत निर्यात सम्झौतामा महत्वपूर्ण भुमिका निर्वाह गरेको दाबी समेत गर्नुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here