सरकारको मार्गदर्शनमा रहेर कार्य सम्पादन गर्नेछुः डेनमार्कका लागि प्रश्तावित राजदुत तुलाधर


१६ भाद्र २०८१, आईतवार १५:४३ मा प्रकाशित

काठमाडौं । डेनमार्कका लागि प्रश्तावित राजदुत सुम्निमा तुलाधरले सरकारको मार्गदर्शनमा रहेर आफूले कार्य सम्पादन गर्ने बताउनुभएको छ । आईतवार संसदीय सुनुवाईको क्रममा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सरकारले जारी गरेको कुटनीतिक मर्यादाभित्र रहेर आफूले कार्य सम्पादन गर्ने कार्ययोजना प्रश्तुत गर्नुभएको हो ।

प्रश्तावित राजदुत तलाधरले युवाहरुको चासो र चिन्तालाई सम्बोधन हुनेगरी पर्यटन प्रवद्र्धनमा पनि आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । डेनमार्क लगायतका विकसित देशमा सोसियल सेक्युरिटीको क्षेत्रमा धेरै सुविधा हुने भएकाले त्यहाँ जाने नेपालीहरुलाई त्यसबारे जानकारी गराउने विषयमा पनि आफूले ध्यान दिने उहाँको भनाई थियो ।

डेनमार्क लगायतमा मुलुकहरुमा उच्च शिक्षा कम खर्चमा हुने भएकाले त्यसमा सहजीकरण गर्न पनि आफूले जोड दिने प्रश्तावित राजदुत तुलाधरले बताउनु भयो । उहाँले देशका मुख्यमुख्य निकायसँग सहकार्य गरेर आफूले देशको हितमा हुने गरी महिलाको क्षेत्रमा, बालबालिका र मातृभाषाको क्षेत्रमा पनि काम गर्न चाहेको बताउनु भयो । 

प्रश्तावित राजदुत तुलाधरले विकसित देशहरुबाट नेपाल जस्ता विकाशशील राष्ट्रहरुले पाउनुपर्ने सुविधाको बारेमा पनि आफूले चासो दिएर काम गर्ने बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here