सरकारप्रति राजकिशोर यादवको टिप्पणीः एउटा पनि गणनायोग्य काम गरेको छैन


१२ भाद्र २०८१, बुधबार १६:०९ मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले सरकारले एउटा पनि गणना गर्न लायक काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ । केपी ओली नेतृत्वको सरकार बनेयता औँलामा गन्न सकिने कुनै एउटा पनि काम हुन नसकेको उहाँको भनाई थियो ।

बुधवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद यादवले सरकारले गफ भने ठूलोठूलो लगाउने गरेपनि काम केही पनि गर्न नसकेको बताउनु भयो । यो सरकार बनेको दिनदेखि अहिलेसम्म हेर्दा गफ ठूलो गर्ने तर काम चाहीँ एउटा पनि औँलामा गन्नसक्ने खालको नभएको सांसद यादवले दाबी गर्नुभयो ।

उहाँले संविधानको आत्माको रुपमा रहेको समावेशितालाई उल्लंघन गरेर सरकारले राजदुत नियुक्ति गरेको पनि दोहो¥याउनु भयो । सांसद यादवले सरकारलाई असफल हुने कुनैपनि छुट नरहेको जिकिर पनि गर्नुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here