भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद मान्य छैनः सांसद कार्की


१२ भाद्र २०८१, बुधबार १६:०७ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्की भण्डारीले भ्रष्टाचारको मुद्दामा हदम्याद राखेर भ्रष्टाचारीलाई उन्मुक्ति दिने वातावरण तयार गर्न लागिएको भन्दै सो कुरा मान्य नहुने बताउनुभएको छ ।


बुधवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद कार्कीले भ्रष्टाचारीलाई उन्मुक्ति दिने वातावरण तयार गर्ने दुष्प्रयास भएको बताउनुभएको हो । उहाँले सो कुरा आफूलाई र राष्ट्रिय स्वतन्त्र पार्टीलाई मान्य नहुने बताउनु भयो । उहाँले सो प्रस्तावले कर्मचारीहरुलाई सजिलै उम्कन अवसर दिन खोजिएको बताउनु भयो ।

उहाँले आफुहरुले सो प्रश्तावको कडा रुपमा बिरोध जनाउने बताउनु भयो । त्यसैगरी उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार बढाउनु नहुने बताउनु भयो । उहाँले क्षेत्राधिकार बढाउनु अघि आयोगको क्षमता वृद्धि गर्नुपर्ने बताउनु भयो । 

उहाँले नीतिगत निर्णयहरुको आवरणमा गरिने भ्रष्टाचारलाई अविलम्व छानविनको दायरामा ल्याउनुपर्ने बताउनु भयो । उहाँले मन्त्रिपरिषद्को निर्णय लाई अख्तियारको छानविनको दायराभित्र पार्नुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here