भ्रष्टाचारजस्तो कसुरमा हदम्याद राख्नुहुन्नः हितराज पाण्डे


१२ भाद्र २०८१, बुधबार १५:५१ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले भ्रष्टाचारजस्तो कसुरमा कारबाहीका लागि हदम्याद राख्न नहुने अडान राख्नुभएको छ ।


बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचारको कसुरमा हदम्याद राखिएको आपत्ति जनाउनुभएको हो ।

प्रमुख सचेतक पाण्डेले भ्रष्टाचार रोक्नका लागि सरकारले व्यवहारबाटै काम गरेर देखाउनुपर्ने बताउनु भयो । उहाँले कडा कानून बनाएर भ्रष्टहरुलाई कारबाही गर्न पनि सरकारलाई दबाब दिनुभयो । प्रमुख सचेतक पाण्डेले जनताले अनुभुति हुनेगरी सरकारले सुशासनको पक्षमा काम गर्नुपर्ने आवश्यक्ता पनि औैंल्याउनु भयो ।

प्रमुख सचेतक पाण्डेले सहकारी पीडितहरुलाई न्याय दिने काममा विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण पनि गराउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here