विधेयकहरुको मस्यौदा विचौलियाहरुले ड्राफ्ट गर्ने होइनः सांसद गौतम


१२ भाद्र २०८१, बुधबार १५:४८ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले विधेयकहरुको मस्यौदा विचौलियाहरुले ड्राफ्ट गर्ने गरेको भन्दै आपत्ति जनाउनुभएको छ । मंगलवारको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले सो आपत्ति जनाउनुभएको हो ।

उहाँले समितिमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफलका क्रममा उहाँले मस्यौदा बनाउने जिम्मा कानून आयोगको भएपनि साउन ३२ गते संसदमा दर्ता भएको एउटा विधेयकको ड्राफ्ट गर्ने जिम्मा पायोनेल ल अशोसिएटले गरेको पाएको भन्दै आपत्ति जनाउनु भयो ।

 समितिको बैठकमा बोल्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधायन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक मस्यौदामामा छलफल जारी रहेको र परिमार्जन गर्ने सवालमा धेरै महत्वपूर्ण कुराहरु उठेको बताउनु भयो । उहाँले परिमार्जनका लागि छलफल नै उपयुक्त माध्यम हुने पनि बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here