गौरा पर्वले समग्र नेपाल र नेपालीलाई जोडेको छः पर्यटनमन्त्री पाण्डे


१० भाद्र २०८१, सोमबार १८:२१ मा प्रकाशित

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले गौरा पर्वले समग्र नेपाल र नेपालीलाई जोड्न आवश्यक रहेको बताउनुभएको छ । सोमवार काठमाडौंको टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजना भएको कार्यक्रममा बोल्दै संस्कृति मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो ।

उहाँले गौरा पर्व विशिष्ट प्रकारको पर्व भएको बताउनु भयो । उहाँले गौरा पर्वले मर्याद,सद्भाव,आत्मियता र आत्मविश्वास बोकेको भएपनि त्यो कुरा व्यवहार र क्रियाकलापले देखाउन सक्नुपर्ने बताउनु भयो ।

उहाँले पर्वहरु भनेका राष्ट्रका आन्तरिक पक्ष भएको भन्दै पर्व र संस्कृति जोगाउन आवश्यक रहेको बताउनु भयो । उहाँले आस्था जागाउँदै विश्वासलाई अभिवृद्धि गरी विविधतापूर्ण संस्कृतिलाई मुलुकको साझा सम्पतिका रुपमा लिनुपर्ने बताउनु भयो । उहाँले आगामी दिनमा देशलाई प्रकृति र संस्कृतिको विविधतापूर्णका रुपमा चिनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले संस्कृति र पर्वहरु जोगाइराख्न विशेष गरी मर्यादा,आत्मा अनुशासनको खाँचो रहेको बताउनु भयो ।

उहाँले पर्वहरुका माध्यमबाट पहिचान र परिचयलाई काठमाडौंमा मात्रै नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पनि देखाउन आवश्यक रहेको बताउनु भयो । उहाँले गौरा पर्वले एकता,सद्भाव र मेलमिलापको कुरा गरेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here