नेपाली समाजमा नैतिकता हराउँदै गयोः सभापति देउवा


१० भाद्र २०८१, सोमबार १८:१९ मा प्रकाशित

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्व बिथोल्नेहरुलाई कारबाही गर्न आग्रह गर्नुभएको छ । सोमवार काठमाडौंमा आयोजित गौरा पर्व विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेताहरु गौरा पर्व मनाउन पुग्दा केही युवाहरुले नेताहरुको बिरोधमा नाराजुलुस गरेका थिए । सोही विषयमा बोल्दै उहाँले काठमाडौंमा आएर गौरा पर्वको कार्यक्रम बिथोल्नेहरुलाई काठमाडौंवासीले ठिक पार्नुपर्ने बताउनु भयो ।

उहाँले बिरोध गर्नेहरु पछाडि कसको हात छ र कुन तत्व त्यसको पहिचान गरी कारबाही गर्नुपर्ने बताउनु भयो । उहाँले नेपाली समाजमा नैतिकता हराउँदै गएको बताउनु भयो । सभपति देउवाले गौरा लगायतका चाडपर्वहरुले नेपालीहरुलाई एकतामा बाँध्ने विश्वास व्यक्त गर्नुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here