नेपालमा आयात हुने वस्तुहरुको गुणस्तर मापन अनिवार्य लागू गर्नुपर्छः अध्यक्ष अग्रवाल


९ भाद्र २०८१, आईतवार १३:१९ मा प्रकाशित

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा आयात हुने वस्तुहरुको गुणस्तर मापन अनिवार्य लागू गर्न सरकारसँग आग्रह गरेका छन् ।

आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले नेपालमा हाल करिव एक हजार १५० वटा वटा वस्तु तथा सेवाहरुमा नेपाल गुणस्तर निर्धारण गरिए पनि सामान्यतया नेपालमा ५ हजार भन्दा बढी वस्तुहरु आयात हुने गरेको बताए ।

उनले अधिकांश आयातित वस्तुहरु कस्तो गुणस्तरका छन् भन्ने नै यकिन नरहेको बताए । उनले यसले उपभोक्ता अधिकार हनन हुनुका साथै स्वदेशमा उत्पादन हुने वस्तुहरुको बजारलाई समेत नकारात्मक असर गरिरहेको उल्लेख गरे ।

उनले आयातित वस्तुमा निगरानी नहुने गरेको पनि बताए । उनले स्वदेशी उद्योगहरुको संरक्षण र आम मानिससँग प्रत्यक्ष सरोकार राख्ने यस्ता वस्तुहरु गुणस्तरीय हुन आवश्यक भएको बताए । उनले भारतसँग धेरै व्यापार हुने भएकाले भारत गुणस्तर र नेपाल गुणस्तर ऐन एक अर्कालाई मान्य हुनेगरी समझदारीका लागि पहल गर्न अनुरोध गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here