३० भन्दा बढी आयोजनाको आईपीओ सेवनमा रोकिँदा आयोजनामा समस्या आयोः अध्यक्ष कार्की


५ भाद्र २०८१, बुधबार १८:०२ मा प्रकाशित

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले १४ महिनामा ३० भन्दा बढी आयोजनाहरुहरुको आईपीओका लागि सेवनमा रोकिएको बताउनुभएको छ । बुधवार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताउनुभएको हो ।

उहाँले पछिल्लो समय शेयरमार्फत जलविद्युतमा नेपालभित्र लगानी गर्ने वातावरण बनाउनेको बताउनु भयो । अध्यक्ष कार्कीले १ हजारबाट अहिले ५ हजार लगानी गर्नसक्ने वातावरण बनेको बताउनु भयो । उहाँले पुँजी बजारमा करिव ४५ लाख बढी नेपालीहरुले शेयरमा लगानी गरेको बताउनु भयो । उहाँले स्थायी सरकार बनेकाले अब केही काम हुने आशा व्यवसायीहरुमा पलाएको बताउनु भयो ।

उहाँले जलविद्युत क्षेत्रको विकास गर्न व्यवसायीहरु उत्साहित भएपनि पछिल्लो समय धेरै समस्याहरु भइरहेको बताउनु भयो । उहाँले विद्युत विधेयक जस्ताको त्यस्तै पास भए व्यवसायीहरु पलायन हुनुपर्ने बताउनु भयो । उहाँले विधेयकले जलविद्युत विकास गर्ने तर नेपालका निजी क्षेत्रको लगानी निरुत्साहित गर्ने बताउनु भयो ।

उहाँले जलविद्युत आयोजनामा ३० प्रतिशत लगानी आईपीओबाट संकलन गर्ने योजना बनाए पनि आईपीओ रोकिँदा आयोजना समस्यामा परेको बताउनु भयो । उहाँले सरकारले ऊर्जा क्षेत्रमा लागू भएको दोहोरो कर प्रणाली हटाउनु पर्नेमा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here