त्रिभुवन विश्वविद्यालय असुरक्षित भएको भन्दै शिक्षामन्त्री भट्टराईद्वारा गृहमन्त्री लेखकसँग सुरक्षा माग


५ भाद्र २०८१, बुधबार ०७:३३ मा प्रकाशित

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालय असुरक्षित भएको भन्दै गृहमन्त्रीसँग सुरक्षा माग गरेकी छिन्।

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूमाथि हमला गर्न खाेजेकाे र प्राध्यापकहरूलाई फाेनमा धम्की दिने गरेकाे भन्दै मन्त्री भट्टराईले त्रिवि असुरक्षित बनेकाे समाजिक सञ्जालमार्फत जनाएकी हुन्।

मन्त्री भट्टराईले लेखेकी छन्, ‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ। त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्री सँग जोडदार माग गर्दछु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here