प्रदेश ५ को मुख्यमन्त्री कार्यालयले माग्यो कर्मचारी


५ श्रावण २०७६, आईतवार १६:३६ मा प्रकाशित

काठमाडौँ । प्रदेश नम्बर ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले कर्मचारी माग गरेको छ ।

प्रदेशभित्रका १२ जिल्लाका ७३ वटा गाउँपालिकामा सञ्चालन हुने मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका लागि सहजकर्ता माग गरेको हो । कार्यक्रम लागू हुने जिल्लामा स्थायी बसोबास गर्नेबाट दरखास्त आह्वान गरेको हो । कार्यालयले आइतबार निकालेको सूचनामा १५ दिनभित्र दरखास्त पेश गरिसक्न आग्रह गरिएको छ ।

फारम कार्यालयको वेवसाइट ocmcm.p5.gov.np बाट डाउनलोड गर्न सकिन्छ । १४ जना कार्यक्रम सहजकर्ता आवश्यक परेको कार्यालयले जनाएको छ । स्नातक उत्तिर्ण गरेको, तीन वर्ष सामाजिक परिचालकका रुपमा काम गरेको र २१ वर्षदेखि ४० वर्ष उमेरका व्यक्तिले दरखास्त दिन सक्नेछन् । रुपन्देही, पाल्पा, दाङ, प्युठान, रोल्पामा दुई जनाका दरले सहजकर्ता माग गरिएको छ । गुल्मीमा ३ जना र बाँकेमा १ जना सहजकर्ता माग गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here