औषधिको मूल्य समायोजन गर्न जरुरीः स्वास्थ्यमन्त्री पौडेल


१ भाद्र २०८१, शनिबार १३:१९ मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले औषधिको मूल्य समायोजन गर्न जरुरी रहेको बताउनुभएको छ । ललितपुरमा शुक्रवार नेपाल औषधि व्यवसायी संघको १९ औं वार्षिक साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले औषधिको मूलय समायोजन नहुँदा गलत गर्नेलाई फाइदा र सही गर्नेलाई अफ्ठ्यारो भइरहेको बताउनु भयो । उहाँले औषधिको मूल्य समायोजन नहुँदा धेरै मानिसहरु ठगिएको बताउनु भयो । उहाँले मूल्य समायोजन नहुँदा ठगी र महंगीका धेरै प्रश्न उठिरहेको बताउनु भयो ।

उहाँले उपभोक्तालाई मारमा पार्ने भन्दा राज्यले निगरानी बढाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले स्वास्थ्य सेवा राज्यको दायित्व हो भन्नकुरा स्थापित गर्न राज्यले चाहेको भए औषधिमा र स्वास्थ्य संस्थाहरुमा उपकरण र जनशक्तिमा लगानी बढाउन आवश्यक रहेको बताउनु भयो । उहाँले राज्यले स्वास्थ्य सेवा निःशुल्क, सर्वसुलभ र सबै नागरिकको पहुँचको विषय बनाउन स्वास्थ्य क्षेत्रको लगानी बजेटको ९/१० प्रतिशत बनाउन जरुरी रहेको बताउनु भयो ।

 मन्त्री पौडेलले बीमाको श्रोत सुनिश्चित गर्नुपर्ने बताउनु भयो । उहाँले राज्यले चिनीजन्य, मदिराजन्य पदार्थमा लिएको करको अधिकतम हिस्सा बीमामा ल्याएर जोड्नुपर्ने बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here