पशुपति कोटिहोमको अन्तिम दिन मध्यरातमा तनाव


१ भाद्र २०८१, शनिबार ०८:१८ मा प्रकाशित

काठमाडौं । पशुपतिनाथ परिसरमा एक महिनादेखि सञ्चालित ‘कोटिहोम’को अन्तिम दिन मध्यराति तनाव सृजना भएको छ ।

कोटिहोम विवादित भएका खबर सार्वजनिक भएपछि सोधपुछका लागि पुगेका सादा पोशाकका प्रहरी र आयोजक पक्षबीच भ मध्यराति झडप भएको हो ।

त्यसक्रममा प्रहरीमाथि आयोजक विजय भण्डारीका समर्थकले आक्रमण सुरु गरेपछि पशुपति क्षेत्रमा तनाव भएको हो । भण्डारीले यसको ‘भिडियो लाइभ’ पनि गरेका थिए ।

प्रहरीले सोधपुछ गरे लगत्तै आयोजक विजय भण्डारीले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकलाई आन्दोलनमा उत्रन आह्वान गरेका छन्।

उनले फेसबुक लाइभमार्फत प्रहरीले बिना पक्राउ पुर्जी आफूलाई गिरफ्तार गर्न खोजेको आरोपसमेत लगाएका छन् ।

कोटिहोममा विवाद मच्चाउने दुई जनालाई प्रहरीले पक्राउ समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here