अफगानिस्तानमा पार्किङ स्थलमा राखिएका ट्रकमा आगलागी, करोडौको क्षति


३२ श्रावण २०८१, शुक्रबार ११:५१ मा प्रकाशित

पश्चिमी अफगानिस्तानको हेरात प्रान्तको प्रान्तीय राजधानी हेरात शहरमा भन्सारको पार्किङस्थलमा आगलागी हुँदा व्यापारिक सामान बोकेका धेरै ट्रकहरू खरानीमा परिणत भएका छन् । भन्सार कार्यालयका डेपुटी मौलावी इस्मातुल्लाह यासारले आगलागीबाट ठूलो धनको क्षति भएको बताउनु भयो ।

प्राविधिक समस्याका कारण लागेको आगलागीले पार्किङस्थल र नजिकैका डिपोमा रहेका धेरै ट्रकहरू जलाएर ठूलो क्षति पु¥याएको बताउनु भयो । प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल्लाह इन्साफले आगलागीबाट कुनै मानवीय क्षति नभएको बताउँदै लाखौं अमेरिकी डलरको धनमालको क्षति हुनसक्ने र यकिन तथ्यांक मूल्याङ्कन र अनुसन्धान पूरा भएपछि सार्वजनिक गरिने बताउनु भयो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here