नेपालमा लोडसेडिङ हुँदा खुशी हुने जमातले मेरो बिरोध गरेः कुलमान घिसिङ


३१ श्रावण २०८१, बिहीबार १७:२३ मा प्रकाशित

काठमाडौं । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल लोडसेडिङ हुँदा खुशी हुने जमातले आफ्नो बिरोध गरेको गुनासो गर्नुभएको छ । बिहीवार काठमाडौंमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बाल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालमा लोडसेडिङ हुँदा खुशी हुने जमात धेरै रहेको बताउनु भयो । उहाँले प्राधिकरण घाटामा जाँदा र लोडसेडिङ हुँदा खुशी हुने जमात पछिल्लो समय बिरोध गर्दै गलत सूचना फैलाइरहेको बताउनु भयो । उहाँले केही जिम्मेवार पदाधिकारीले प्राधिकरणको हिसावकितावप्रति आशंका व्यक्त गरेको बताउनु भयो । उहाँले महालेखा परीक्षकको तीन वटा संस्थाले अडिट गरेको हिसाव पारदर्शी रहेको भन्दै गलत हुन नसक्ने बताउनु भयो ।

उहाँले प्राधिकरण सरकारको ठूलो संस्था भएकाले जिम्मेवारीपूर्वक नै काम गरिरहेको धारणा राख्नुभयो । उहाँले प्राधिकरणले अहिलेसम्म गरेको नाफा पारदर्शी रहेको भन्दै कुनै मिथ्या तथ्यांकका आधारमा नभएको दाबी गर्नुभयो । उहाँले आठ वर्षअघि ३५ अर्ब सञ्चित घाटामा रहेको प्राधिकरण २५ प्रतिशत विद्युत महशुल घटाएर ४७ अर्ब नाफामा पुग्नु सुखद् भएको उल्लेख गर्नुभयो ।

उहाँले २५ अर्बको विद्युत महशुल घटाएर पनि प्रत्येक वर्ष १३ अर्ब नाफामा जानु भनेको प्राधिकरणले आम्दानीमा क्रान्ति गरेको दाबी गर्नुभयो । उहाँले विद्युत महशुल बढाएर नभइ घटाएर नाफामा गएको पनि बताउनु भयो । उहाँले सामाजिक दायित्वलाई हेरेर २२ लाख ग्राहकलाई प्राधिकरणले छुट दिएको तर अर्थ मन्त्रालयले त्यसको सोधभर्ना समेत नगरेको बताउनु भयो ।

उहाँले यो वर्ष २५ अर्बको विद्युत निर्यात गर्ने अवस्थामा पुगेको भन्दै नेपालले विद्युत आयात भन्दा विद्युत निर्यात बढी गरेको बताउनु भयो । उहाँले डेडिकेटड र ट्रक लाइनको विद्युत वक्यौता सरकारका सम्पूर्ण निकायहरुले उठाउन सहयोग गर्नुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here