माओवादीलाई काँग्रेस सांसद भट्टको जवाफः देश रहरमा चल्दैन


३१ श्रावण २०८१, बिहीबार १५:०८ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय सभा नेपाली काँग्रेसका सांसद नारायणदत्त भट्टले देश रहरमा नचल्ने बताउनुभएको छ । बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेकपा (माओवादी केन्द्र) का सांसदको सवालमा जवाफ दिँदै उहाँले देश कसैको रहरमा नभइ कानून र विधि अनुसार चल्ने बताउनु भयो ।

उहाँले संविधान संशोधनको कुरा गर्दा मात्रै पनि ज्वरो आउनुपर्ने कारण नरहेको बताउनु भयो । उहाँले सरकार गयो भन्ने धङधङीमा नरहन माओवादीलाई आग्रह गर्नुभयो । उहाँसांसद भट्टले विपत्तिमा परेकाहरुलाई सरकारले छिटो भन्दा छिटो राहतको व्यवस्था गर्न आग्रह गर्नुभयो । उहाँले देश, जनता, मुलुक, राष्ट्र, राष्ट्रियताका पक्षधरहरु सबैको उद्देश्य दजनताको सेवा गर्ने हुनुपर्ने बताउनु भयो । विपद्मा परेकाहरुको उचित व्यवस्था गर्न पनि सरकारसँग आग्रह गर्नुभयो ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here