प्रधानमन्त्रीको स्पष्टिकरणः संघीयता, गणतन्त्र र समावेशीता मास्ने गरी संविधान संशोधन हुन्न


३० श्रावण २०८१, बुधबार १५:४० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलको सहमतीमा मात्रै संविधान संशोधन गरिने बताउनुभएको छ । सबै दलले कठिन संघर्ष गरेर संविधान निर्माण गरेकाले त्यसको कार्यान्वयन र परिमार्जन पनि उनीहरुबीचकै सहमतीमा मात्रै हुने प्रधानमन्त्री ओलीको तर्क थियो ।

बुधवार प्रतिनिधि सभा बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे आफ्नो धारणा राख्दै उहाँले संविधानलाई सर्वस्वीकार्य बनाउने उद्देश्यका साथ संविधान संशोधन हुने स्पष्ट पार्नुभयो ।

संविधानलाई सर्वस्वीकार्यता बनाउने प्रयास अन्तर्गत संविधान संशोधन गर्न लागिएको प्रधानमन्त्री ओलीको भनाई थियो । उहाँले संघीयता, गणतन्त्र र समावेशिता मास्ने गरी संविधान संशोधन गर्न नसकिने मान्यतामा आफूहरु अडिग रहेको दोहो¥याउनु भयो ।

प्रधानमन्त्री ओलीले राजनीतिक दलहरुसहित जनस्तरमा, संविधानविद्हरुका बीचमा व्यापक छलफल गरेर मात्रै संविधान संशोधनको विषय अघि बढने बताउनु भयो । प्रधानमन्त्री ओलीले देशको आवश्यकताअनुसार संविधान संशोधन हुने भएकाले त्यसमा विदेशी नक्कल गर्न नसकिने पनि बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here