प्रचण्डको चिन्ताः शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने बेला व्यवस्थामा नै संकट पर्ने हो की ?


३० श्रावण २०८१, बुधबार १५:०६ मा प्रकाशित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले परिवर्तन ल्याउने सबै राजनीतिक दलहरु समझदारीका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयबारे सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले संविधान जारी हुँदासम्म राजनीतिक मुद्दामा राष्ट्रिय सहमति र एकताको प्रदर्शन गरेझैँ अहिले पनि एक भएर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले संविधानको कार्यान्वयनमा एक हुन नसकेको बताउनु भयो । उहाँले संविधानले माग गरेको राजनीतिक संस्कार, राजनीतिक प्रणाली संस्थागत गर्ने चुनौति, जनताका असिमित आकंक्षा पूरा गर्नुपर्ने दायित्व अझै पूरा हुन नसकेको बताउनु भयो । अध्यक्ष दाहालले शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने बेला व्यवस्थामा नै संकट पर्नसक्ने चिन्ता व्यक्त गर्नुभयो ।

अहिले समाजमा अराजकता फैल्याउने, सामाजिक, नैतिक मूल्य, मान्यताका सीमा भत्काएर सभ्यताका, संस्कारका सीमा भत्काउने प्रवृत्तिले टाउको उठाउन खोजेको बताउनु भयो । एक अर्काप्रति निषेधको नभइ हातेमालो गरेर अघि बढ्न जरुरी रहेको बताउनु भयो । अध्यक्ष दाहालले संविधानको रक्षा जनताका उपलब्धिको रक्षा, लोकतन्त्रको सुदृढिकरणको लागि र जनतालाई थप अधिकार सम्पन्न बनाउन सबैसँग मिलेर जान तयार रहेको बताउनु भयो ।

चुनौतिको सामना गर्न एकता बाहेक अर्को हतियार नरहेको बताउनु भयो । उहाँले अहिले पनि शहीद परिवारले न्याय पाइसकेको स्थिति नरहेको भन्दै बेपत्ता नागरिकका परिवार शान्तिले सुत्न नपाएको बताउनु भयो । उहाँले शान्तिकोष स्थापना गर्नेकुरा बजेटमार्फत सुनिश्चित गरेपनि कार्यान्वयन अझै शुरु नभएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here