संशोधनमार्फत संविधानबाट दलित शब्द हटाउनुपर्छः वामदेव गौतम


३० श्रावण २०८१, बुधबार १४:१७ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संशोधनमार्फत संविधानबाट दलित शब्द हटाउनुपर्ने बताउनुभएको छ । बुधवार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढिकरण लागि अनिवार्य शर्त रहेको सुशासन र यसको प्रर्वद्धन गर्न राष्ट्रिय सदाचार नीति जारी गर्ने सम्बन्धमा सरोकारवालाहरुसँगको छलफलका क्रममा सांसद गौतमले संविधानले नै दलित भनेको भन्दै संशोधनमार्फत हटाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले कसैले पनि भेदभाव गरे उनीहरुमाथि कारबाही हुनुपर्ने बताउनु भयो । उहाँले दाचार नीति विद्यालय, गैरसकारकारी संस्था, प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभाका लागि पनि जारी गर्नुपर्ने बताउनु भयो ।

उहाँले नेपाल र नेपाली जनतालाई साँच्चिकै माथि उठाउन र सांस्कृतिक रुपले उन्नत, सभ्य बनाउन चाहेको भए परिवारका लागि पनि सदाचार नीति जारी गर्नुपर्ने बताउनु भयो । सांसद गौतमले सदाचार नीतिअनुसार नचल्नेलाई कारबाही गर्नुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here