टीआरसीसम्बन्धी विधेयक संसदबाट पारित गर्छाैं -प्रधानमन्त्री ओली


३० श्रावण २०८१, बुधबार १३:५७ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय (टीआरसी)सम्बन्धी विधेयक बुधबार नै प्रतिनिधिसभाबाट पारित हुने बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, दोस्रो जनआन्दोलनपछि नयाँ संविधान जारी भइसकेपछिका यी १८ वर्षमा द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रिया अघि बढाउँदा थुप्रै उपलब्धि हासिल गर्‍यौँ ।

हामीले ऐन संशोधन पनि अघि बढायौँ । यही प्रक्रियाबाट हामीले गति लिएका छौँ। आजै टीआरसी विधेयक प्रतिनिधिसभाबाट पारित हुनेछ ।

अब बेपत्ता खोजबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग पनि सहमतिमै बनेर काम अघि बढाउने उनको भनाई छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here