निर्माण व्यवसायीका समस्या समाधान गर्न पहल गर्छुः राज्यमन्त्री तामाङ


३० श्रावण २०८१, बुधबार १२:४२ मा प्रकाशित

काठमाडौं । ऊर्जा,जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले निर्माण व्यवसायीहरुको हितको लागि काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासंघले गरेको सम्मान कार्यक्रममा बोल्दै राज्यमन्त्री तामाङले यस्तो बताउनुभएको हो ।

उहाँले निर्माण क्षेत्रबाटै राजनीतिक यात्रा शुरु गरेर राज्यमन्त्री भएको भन्दै निर्माण क्षेत्रको पक्षमा काम गर्ने बताउनु भयो । उहाँले पछिल्लो समय निर्माण क्षेत्रमा देखिएका भुक्तानी लगायतका समस्या सहजिकरणको लागि पहल गर्ने पनि उल्लेख गर्नुभयो । उहाँले  निर्माण व्यवसायीहरु समस्या बिस्तारै समाधान हुँदै जाने भन्दै ढुक्क भएर काममा फर्कन आग्रह गर्नुभयो । उहाँले सिंचाई र ऊर्जा क्षेत्रका निर्माण व्यवसायीहरुलाई परेका समस्याहरुलाई सहजिकरण गर्न  तयार रहेको बताउनु भयो ।

उहाँले निर्माण क्षेत्रका समस्यासँग धेरै जानकार भएको भन्दै ऊर्जा मन्त्रीसँग समन्वय गरेर वनका समस्या समाधानको पहल गर्ने प्रतिवद्धता पनि जनाउनु भयो । उहाँले  निर्माण क्षेत्रका कामलाई वनको कारणले नरोक्ने गरी समन्वय गर्ने बताउनु भयो । उहाँले हाईड्रोपावरको लागि लाइसेन्स लिएर बसेका व्यवसायीहरुलाई सरकारले काम गर्ने वातावरण बनाउने पनि बताउनु भयो ।

उहाँले अब जलविद्युतको विकास लाइसेन्स लिएर घरमा राखेर नहुने भन्दै काम गर्न आवश्यक रहेको भन्दै सरकारले चाँडै सहजिकरण गर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरुको प्रतिनिधित्व गर्दै पूर्णबहादुर तामाङ राज्यमन्त्री भएकाले निर्माण व्यवसायीहरुको छाती चौडा भएको बताउनु भयो । उहाँले राज्य मन्त्रीले निर्माण उद्योगमा भएका समस्याहरु सरकारसँग समन्वय गरेर निर्माण उद्योगहरुको समस्या समाधान गर्ने काममा गर्ने अपेक्षा रहेको बताउनु भयो ।

 
निर्माण व्यवसायीहरुले निर्माण व्यवसायीको प्रतिनिधित्व गरेर सरकारमा राज्यमन्त्री भएकाले उद्योगीहरुका समस्या सरकारसँगको समन्वयमा कार्यान्वयन तहमा सहजिकरण गर्ने अपेक्षा गरेका छन् । —न्युज एजेन्सी नेपाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here