टर्कीमा अज्ञात व्यक्तिद्वारा ५ जनामाथि छुरा प्रहार


३० श्रावण २०८१, बुधबार ११:४९ मा प्रकाशित

बुलेटप्रुफ टिसर्ट र हेलमेट लगाएका तथा आफ्नो मुख ढाकेका एक व्यक्तिले उत्तरपश्चिम टर्किएमा पाँच जनालाई छुरा प्रहार गरेका छन् । राजधानी अंकाराबाट करिव २३० किलोमिटर पश्चिममा रहेको एस्कीसेहिरमा भएको घटनापछि अर्दा के भनेर चिनिने १८ वर्षीय युवकलाई हिरासतमा लिइएको थियो ।

आक्रमणकारीले मस्जिदको अगाडि एउटा क्याफेको आँगनमा बसेका पाँच जनालाई छुरा प्रहार गरेको र घटनालाई आफ्नो सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरेको देशको डेली सबाले जनाएको छ । पाँच जना घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ भने दुईको अवस्था गम्भीर रहेको बताइएको छ ।

आन्तरिक मन्त्री अली येर्लिकायाले स्थानीय प्रहरीले आक्रमणको अनुसन्धान शुरु गरेको बताउनु भयो । परिवार तथा सामाजिक सेवामन्त्री महिनुर ओज्देमिर गोक्तासले घटनाको कारण खेलको लत रहेको र आक्रमणकारी युद्ध भिडियो गेमको प्रभावमा रहेको बताउनु भयो । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here