सरुवा/बढुवाका लागि मन्त्री र नेताहरुलाई नभेट्नुस्ः अर्थमन्त्री पौडेल


३० श्रावण २०८१, बुधबार ११:५७ मा प्रकाशित

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रसेवकहरु सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने गरेको बताउनुभएको छ । ललितपुरमा बुधवार आयोजित सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी अधिकृतस्तरीय सेवाप्रवेश तालिम—२०८१ समापन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले यदाकदा सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने प्रवृत्ति देखिएको भन्दै सबैप्रति समान व्यवहार गर्न आग्रह गर्नुभयो । उहाँले पोशाकका आधारमा व्यवहार नगरी सेवाग्राहीका समस्याहरु बुझेर यथोचित ढंगले सम्बोधन गर्न निर्देशन दिनुभयो ।

उहाँले आफूलाई असल राष्ट्रसेवक प्रमाािण्त गर्नका लागि सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्ने बताउनु भयो । उहाँले सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्ने र सहज ढंगबाट सेवा प्राप्त गर्ने अनुकुल परिस्थिति निर्माण गर्ने काममा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले हाकिमको आदेश भन्दा पनि कानूनसँग, राष्ट्रको हित, नागरिकको हितसँग बाझिएका बाहेकमा डराउनुपर्ने स्थिति नरहेको बताउनु भयो । 

उपप्रधानमन्त्री पौडेलले सरुवा/बढुवाका लागि मन्त्री र नेताको घर नजान पनि आग्रह गर्नुभयो । उहाँले सरुवा/बढुवामा अन्यथा भए मर्यादित ढंगले आफ्ना तर्कहरु राख्न आग्रह गर्नुभयो । उहाँले सोर्स लगाउने कर्मचारीहरु क्षमताले जतिसुकै सक्षम भएपनि निरिह र कमजोर हुने बताउनु भयो ।

उहाँले उनीहरु राष्ट्रको सेवा भन्दा पनि सोर्स लगाउनेप्रति अनुगृहित हुने बताउनु भयो ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले पछिल्ला दिनहरुमा केही गम्भीर चुनौतिको सामना गरिरहेको बताउनु भयो । राजश्व परिचालनका दृष्टिकोणले लक्ष्य भेदन गर्न अफ्ठ्यारो परिरहेको र बेरुजु बढिरहेको बताउनु भयो । लेखा प्रणालीमा दुरुस्त हुन नसकिरहेको बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here