कुलमानविरुद्ध अख्तियारमा उजुरी, करोडौं घोटाला गरेको दाबी


३० श्रावण २०८१, बुधबार ०७:३० मा प्रकाशित

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले घिसिङविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।

कुलमानले नेपाल विद्युत् प्राधिकरणबाट अकुत सम्पत्ति आर्जन गरेको र आफ्ना चार भाइको नाममा सम्पत्ति लुकाएको दाबी गर्दै कागजपत्रसहित आयोगमा उजुरी दिएका छन् । उनले आफ्नो उजुरीमा राज्यलाई करोडौं रुपैयाँ घाटा हुनेगरी पीपीए गरेको उल्लेख गरेका छन् ।

ऊर्जा उत्पादक कम्पनीसँग विद्युत् खरिदका लागि पीपीए गर्दा सो घोटाला भएको खरेलले उजुरीमा उल्लेख गरेका छन् । खरेलले सामाजिक सञ्जालमार्फत आफ्नो उजुरीको सबै व्यहोरा सार्वजनिक पनि गरेका छन् । घिसिङले राज्यलाई करोडौं रकम घाटा हुनेगरी विभिन्न आयोजनासँग पीपीए गरेको खरेलको दाबी छ ।

उनले ६६ वटा कम्पनीसँग कानुनविपरीत पीपीए गर्दा नेपाल सरकारको खातामा आउने १ करोड १७ लाख २६ हजार ५ सय २० रुपैयाँ राजस्व गुमेको दाबी अख्तियारमा पेस गरेका छन् । राजधानी दैनिकमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here