सडक व्यवस्थित गरेर मात्रै यातायात सञ्चालन गर्न सरकारसँग दाउन्नेवासीको माग


२९ श्रावण २०८१, मंगलवार १५:१५ मा प्रकाशित

काठमाडौं । पूर्व—पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक सञ्चालनमा आएपनि दिगो रुपमा सञ्चालन हुनेगरी निर्माण गर्न सरकारसँग स्थानीयवासीले माग गरेका छन् ।सोमवार राति सडक भासिएसँगै पूर्व—पश्चिम राजमार्गको यातायात आवागमन बन्द भएको थियो ।

केही निर्माण गरी यातायात सञ्चलन गरेपनि त्यसले आागमी दिनमा क्षति गर्नसक्ने भन्दै स्थानीयहरुले क्षति नहुने गरी सडक मर्मत गर्न सरकारसँग आग्रह गरेका छन् । पूर्व—पश्चिमको लाइफ लाइनका रुपमा रहेको सो सडक खण्ड बिग्रिएर कोही पनि यात्रुहरु बस्न नपरोस् भन्ने चाहना रहेको दाउन्नेवासी पवन लम्साल बताउनु हुन्छ । बिरामीहरुलाई सास्ती नदिन र जतिसक्दो छिटो बाटो मर्मत गरी २४ सै घण्टा सुचारु हुने वातावरण बनाइदिन आग्रह गर्नुभयो ।

सरकारले नागरिकलाई सहज हुनेगरी बनाउन र लापरवाही गरेर बस्न नहुने बताउनु भयो । अर्की स्थानीयवासी दाउन्नेवासी सम्झना सुवेदीले सरकारले अहिले सामान्य मर्मत गरेर मात्रै यातायात सञ्चालन गरेको तर गम्भीर रुपमा लिएर व्यवस्थित रुपमा सडक बनाइ सञ्चालन गरिदिए स्थानीयवासी पनि खुशी हुने धारणा राख्नुभयो । 


नवलपुरको दाउन्नेमा गएराति सडक भासिएको थियो । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले यातायात रोकेर मर्मत गरिएको थियो । अहिले आंशिक रुपमा शतर्कताकासाथ सडक सञ्चलन गरिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here