दिल्लीकी पूर्वमुख्यमन्त्री शीला दीक्षितको निधन


५ श्रावण २०७६, आईतवार १०:२९ मा प्रकाशित

काठमाडौं । भारतको राजधानीसमेत रहेको नयाँदिल्ली राज्यका पूर्वमुख्यमन्त्री शीला दीक्षितको ८१ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि मुटुको रोगबाट थलिएकी उनको शनिबार दिल्लीस्थित अस्पतालमा निधन भएको हो । उनी भारतीय कांग्रेसको तर्फबाट १५ वर्षसम्म दिल्लीको मुख्यमन्त्री बनेकी थिइन् । भारतको केन्द्रीय मन्त्री पनि बनेकी उनी सन् २०१४ मा केरलाको राज्यपाल बनेकी थिइन् ।

दीक्षितको निधनप्रति शोक व्यक्त गर्दै भारतका राष्ट्रपति रामनाथ कोविन्दले देशले एक प्रभावशाली नेता गुमाएको प्रतिक्रिया दिएका छन् । यसैगरी, प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उनको निधनप्रति दुःख व्यक्त गर्दै देशले एक सच्चा राजनेता गुमाएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here