म्यानमारको प्रसिद्ध श्वेडागन प्यागोडा हेर्न जुलाईमा ४ लाख ४० हजार पर्यटक पुगे


२५ श्रावण २०८१, शुक्रबार ११:३८ मा प्रकाशित

म्यानमारको प्रसिद्ध श्वेडागन प्यागोडा हेर्नका लागि जुलाईमा ४ लाख ४० हजार स्थानीय र विदेशी पर्यटकहरू पुगेका छन् । राज्य सञ्चालित म्यानमार रेडियो र टेलिभिजनले प्यागोडाको ट्रस्टी बोर्डलाई उद्धृत गर्दै यस्तो बताएको हो ।

कुल आगन्तुकमा ५ हजार ३ सय ८९ विदेशी पर्यटक रहेको प्रतिवेदनले जनाएको छ । म्यानमारको सुनौलो प्यागोडा भनेर चिनिने श्वेडागन प्यागोडाले २०२४ को पहिलो सात महिनामा ३.७ मिलियनभन्दा बढी आगन्तुकहरू आकर्षित गरेको रिपोर्टमा उल्लेख छ ।

यो म्यानमारको शिर्ष गन्तव्यहरू मध्ये एक हो । श्वेडागन प्यागोडाको लागि भ्रमण गर्ने समय बिहान ४ बजेदेखि राति १० बजेसम्म तय गरिएको छ । सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here